
बलिउड स्टार रणवीर कपुर र आलिया भट्टले हालै लन्डनमा एक फ्यानसँग खिचेको फोटो सार्वजनिक गरे। केही अघिमात्रै बलिउडमा यो जोडीको बिहे हुने र त्यसको निम्ता समेत बाडिएको खबर भाइरल भएको थियो जसलाई आलियाले 'गलत' भन्दै प्रस्टिकरण दिएकी थिइन्।
आलिया र रणवीर फ्यानसँगको फोटोमा निक्कै फ्रेस देखिएका छन्। सेतो टी सर्टमा आलिया र खैरो सर्टमा फ्यानसँग देखिएका हुन्। उनीहरुले सार्वजनिक गरेको अर्को फोटोमा भने अर्कै प्रशंसकसँग देखिएको छ यो जोडी। दोस्रो फोटोमा भने उनीहरुको पहिरन फरक देखिएको छ।
अयान मुखर्जीको ब्रम्हास्त्रमा रणवीर र आलियाको जोडी सुटिङको तयारीमा छन्। मनालीमा हुने सुटिङबाट यो जोडी पहिलो पटक फिल्ममा एकैसाथ देखिनेछन्। यो फिल्ममा अमिताव बच्चन, मौनी रोय र नागर्जुन पनि रहने छन्। फिल्म काल्पनिक कथामा आधारित हुनेछ जसमा रणवीर विशेष शक्ति हासिल गरेका शिवको भूमिका निर्वाह गर्नेछन् भने आलियाले इशाको भूमिका।
ब्रम्हास्त्र भगवान ब्राम्हाको अस्त्र हो जसले संसारको श्रृष्टि गरेको हिन्दु धर्मग्रन्थहरुमा उल्लेख छ।
आलियाले हालै महेश भट्टको फिल्म सडक - टूको सुटिङ सकेकी हुन् भने ररणवीर फिल्म शम्शेरामा काम गरिरहेका छन्।