PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

भालु 'धुत्‍रु'लाई उपचार गर्न ल्याइयो काठमाडौं, नचाउनेबाट भयो उद्धार

भालु 'धुत्‍रु'लाई उपचार गर्न ल्याइयो काठमाडौं, नचाउनेबाट भयो उद्धार

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : सिराहाको लाहानमा मनोरञ्जनका लागि नचाइँदै आएको भालुलाई स्नेहाज केयरले उद्धार गरी काठमाडौं ल्याइएको छ। उपचार तथा सुरक्षाका लागि धुत्‍रु नामको उक्त भालुलाई काठमाडौं ल्याइएको स्नेहाजका अध्यक्ष स्नेहा श्रेष्ठले जानकारी दिइन्। उद्धारकर्ताले भालुलाई जावलाखेलस्थित सदर चिडियाखानामा बुझाएका छन्।

लोपोन्मुख र संकटापन्न वन्यजन्तुको सूचीमा रहेको भालुलाई डिभिजन वन कार्यालय लहानको अनुमतिमा काठमाडौं ल्याइएको हो। अस्थायी रुपमा काठमाडौं ल्याइएको भालुलाई स्वस्थ बनाएपछि भारत पठाइने छ। भालुको कल्याण सुनिश्चित हुने स्थायी वासस्थानको व्यवस्था भारतको वाइल्ड लाइफ एसओएस बियर सेन्चुरीमा पठाइने प्रक्रिया अगाडि बढिसकेको श्रेष्ठले जानकारी दिइन्।



ट्रेन्डिङ पोस्ट

Ncell