PahiloPost

Nov 6, 2025 | २१ कात्तिक २०८२

सिनेमा हलमा थोरे शो पाएकाले सर्‍यो ‘घामड शेरे’ को रिलिज डेट, अब कात्तिक २२ मा प्रदर्शनमा आउने



पहिलोपोस्ट

सिनेमा हलमा थोरे शो पाएकाले सर्‍यो ‘घामड शेरे’ को रिलिज डेट, अब कात्तिक २२ मा प्रदर्शनमा आउने

काठमाडौं : कात्तिक ८ गतेदेखि प्रदर्शनमा आउने भनिएको फिल्म ‘घामड शेरे’ को प्रदर्शन मिति सरेको छ। 'घामड शेरे' अब कात्तिक २२ गतेदेखि प्रदर्शनमा आउने निर्माण टिमले जनाएको छ।

'घामड शेरे' प्रदर्शनको दुई दिनअघि मिति सर्नुको कारण यो फिल्मलाई सिनेमा हलमा थाेरै शाे पाउनुलाई मानिएको छ। बुधवार मल्टिप्लेक्समा खोलिएको अग्रिम बुकिङमा 'घामड शेरे'लाई न्यून शो दिएपछि निर्माण पक्षले फिल्मको मिति पछि सारेको हो।

वितरक कम्पनी स्टेशन ५ को अनुसार ‘नेपालको प्रतीक्षित फिल्मलाई थोरै शो दिइयो। उता विदेशी फिल्मको शोजको संख्या बढी छ। यसले हामीलाई न्याय भएन। त्यसैले प्रदर्शन स्थगित गरेका हौं। अब फिल्म कात्तिक २२ गते प्रदर्शन हुनेछ।’

शुक्रबारदेखि नै प्रदर्शनमा आउन लागेको अक्षय कुमारको प्रमुख भूमिका रहेको बलिउड फिल्म 'हाउसफूल ४' लाई मल्टिप्लेक्सले बढी संख्यामा शो दिँदा 'घामड शेरे'ले न्यून शो पाएको थियो। यसैगरी शुक्रवार नै राजकुमार राव, मौनी राय र बोमन इरानी अभिनित बलिउड फिल्म 'मेड इन चाइना' को समेत सार्वजनिक प्रदर्शन हुँदै छ।

हेमराज बिसी निर्देशित 'घामड शेरे' फिल्ममा निश्चल बस्नेत, स्वस्तिमा खड्का, सुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखक लगायतका कलाकारको अभिनय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell