PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

कैलालीमा भ्यानले अटोरिक्सालाई ठक्कर दिँदा अटोमा सवार एक जनाको मृत्यु



एम बम

कैलालीमा भ्यानले अटोरिक्सालाई ठक्कर दिँदा अटोमा सवार एक जनाको मृत्यु

कैलाली : कैलालीमा विंगर भ्यानले विद्युतीय अटोरिक्सालाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। अटो चालक घाइते भएका छन्।

कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ८ बडैपुरमा विंगर भ्यानले अटोलाई ठक्कर दिँदा अटोमा सवार गौरीगंगा ८ कै स्थानीय २५ वर्षीया निर्मला बुढामगरको मृत्यु भएको हो। प्रहरीका अनुसार अटोचालक ४० वर्षीय मानसिंह धामी सामान्य घाइते भएका छन्।

बिहीवार बिहान ८:५० बजे पूर्वपश्चिम राजमार्ग अन्तर्गत बडैपुरमा पूर्वबाट पश्चिमतर्फ आइरहेको से १ ज १९३२ नम्बरको विंगर भ्यानले सोही दिशातर्फ आइरहेको से १ ख २१५६ नम्बरको अटोलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

ठक्करबाट गम्भीर घाइते भएकी बुढामगरलाई उपचारका लागि कोहलपुर लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता डिएसपी दक्षकुमार बस्नेतले जानकारी दिए।

ठक्कर दिने विंगरका चालक धनगढी १३ का २७ वर्षीय गोपाल रानालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell