PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

धेरै पासवर्ड सम्झन झर्को लाग्छ? सबै पासवर्ड सुरक्षित गर्ने यस्तो छ सजिलो तरिका



पहिलोपोस्ट

धेरै पासवर्ड सम्झन झर्को लाग्छ? सबै पासवर्ड सुरक्षित गर्ने यस्तो छ सजिलो तरिका
फोटो : computerworld.com ।

यदि तपाईंले सजिलोको लागि सबैजसो सामाजिक सञ्जाल तथा वेबसाइटमा एउटै पासवर्डको प्रयोग गरिरहनु भएको छ भने त्यो असुरक्षित हुन सक्छ। कसैले एउटा वेबसाइटको पासवर्ड पत्ता लगाउन सक्यो भने उसले तपाई‌को सबै सामाजिक सञ्जालमा एक्सेस पाउन सक्छ।

त्यसैले हरेक साइटका लागि फरक फरक पासवर्ड राख्नु अत्यन्तै जरुरी छ। अनि त्यति नै जरुरी छ पासवर्डहरु नियमित परिवर्तन गरिरहनु पनि, यदि तपाई इन्टरनेटको दुनियाँमा सुरक्षित हुन चाहनुहुन्छ भने।

तर यो कुरा सुन्दैमा पनि झन्झटिलो लाग्छ। सबै वेबसाइटमा फरक पासवर्ड राख्दा भुल्न पनि सकिन्छ। र पासवर्डलाई कतै लेखेर राख्नु त झनै असुरक्षित मानिन्छ। पासवर्ड सजिलो अथवा कसैले सजिलै पत्ता लगाउन सक्ने खालको पनि हुनु हुँदैन। बेलायतको नेसनल साइबर सेक्युरिटी सेन्टरका अनुसार प्रख्यात नामहरु, फिल्म वा उपन्यास वा कमिक्सका फिक्सनल क्यारेक्टर (जस्तै सुपरम्यान, स्पाइडरम्यान, ह्यारी पोटर), १ देखि ९ सम्मको नम्बर, फोन नम्बर जस्ता कुरालाई पासवर्डको रुपमा राख्दा धेरै ह्याक हुने गरेको छ। यदि तपाईंको पासवर्ड पनि यस्तै प्रकारको छ भने तत्काल परिवर्तन गरेको राम्रो।

यस्तोमा विज्ञहरु पासवर्ड म्यानेजर एपको प्रयोग गर्ने सल्लाह दिन्छन्। यसको प्रयोगले तपाईलाई बारबार सबै पासवर्ड याद गर्नु पर्दैन। यो एपले सबै पासवर्डलाई सुरक्षित राख्ने तथा सुरक्षित पासवर्ड छनोट गर्न पनि सहयोग गर्छ।

पासवर्ड कसैले चोरेको छ कि छैन, कसरी थाहा पाउने?

तपाईंले आफ्नो पासवर्ड कसैले चोरेको छ या छैन भनेर एउटा सामान्य सेक्युरिटी वेबसाइटको मद्दतले थाहा पाउन सक्नु हुन्छ। जसको लागि 'ह्याभ आई बिन पन्ड डट कम'मा गएर आफ्नो इमेल राखेपछि, त्यहाँ तपाईको इमेल कुनै 'डाटा ब्रिच' (ह्याक गरेर डाटा सार्वजनिक गर्ने) मा लिंक भएको छ या छैन थाहा पाउन सकिन्छ। यसबाट आफ्नो अकाउन्ट कसैले ह्याक गरेको छ या छैन थाहा हुन्छ।

पासवर्ड म्यानेजर एप प्रयोग गर्नु कत्तिको उचित?

विज्ञहरुका अनुसार हालसम्म पासवर्ड म्यानेजरको प्रयोगलाई सुरक्षित मानिएको छ। हाल प्रयोग गरिएका सबैजसो वेब ब्राउजरमा (जस्तै गुगल क्रोम, फायर फक्स, सफारी) यो फिचर छ। तर तपाई अझै सुरक्षित र सबै प्ल्याटफर्ममा प्रयोग गर्न मिल्ने माध्यम चाहनुहुन्छ भने 'वन पासवर्ड' तथा 'लास्टपास'को निःशुल्क प्रयोग गर्न सक्नुहुन्छ।

एउटै पासवर्ड धेरै पटक प्रयोग गर्न सुरक्षित छ?

अनलाइनमा युजरले गर्ने एउटा अत्यन्त जोखिमपूर्ण काम भनेको नै एउटै पासवर्ड धेरै पटक अथवा धेरै वेबसाइटमा प्रयोग गर्ने हो। किनकि यदि कसैले एउटा वेबसाइट ह्याक गरे अन्य वेबसाइट पनि सजिलै ह्याक हुने अवस्था आउँछ। सुरक्षित पासवर्ड राख्न शायद कसैलाई समस्या नहोला तर त्यसलाई सम्झन भने समस्या हुन सक्छ। त्यसैले मानिसहरुले एउटै पासवर्ड धेरै पटक प्रयोग गरेको पाइन्छ।

पासवर्ड कसरी सुरक्षित बनाउने?

पासवर्ड सुरक्षित बनाउन 'टू-फ्याक्टर अथेन्टिकेसन' को प्रयोग गर्न सकिन्छ। यसबाट लग–इन गर्ने क्रममा दुई चरणको सुरक्षा प्रक्रिया पार गरेपछि मात्रै अकाउन्टमा एक्सेस मिल्छ। 'अथि' एपको प्रयोगबाट यो फिचरको प्रयोग गर्न सकिन्छ। अर्को तरिका भनेको 'ह्याभ आइ बिन पन्ड डट कम'मा गएर फ्रि साइन–अप गरेर ह्याकिङको बारेमा अपडेट हुने र कसैले आफ्नो पासवर्ड चोरे/नचोरेको थाहा पाउने नै हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell