भारतीय जनता पार्टीका हरियाणा प्रदेश प्रमुख सुवास बरालाले आफ्नो पदबाट राजीनामा दिएका छन्। मत परिणाम अनपेक्षित आएपछि उनले राजीनामा दिएका हुन्।
जाट समूदायका महत्वपूर्ण भाजपा नेतासमेत रहेका उनी आफैं पनि चुनावमा २७ हजार मतले पछि परेका छन्। जननायक जनता पार्टीका देवेन्द्र सिंह बाबलीले उनीभन्दा बढी मत ल्याएका छन् अहिलेसम्मको गणनामा। यद्यपि, उनको राजीनामा स्वीकृत भए नभएको खुलेको छैन।
जसै मत मरिणाम आउन थाल्यो बरालाका लागि त्यो अप्रत्यासित हुन पुग्यो र उनी मत गणनास्थल नै छाडेर हिँडे।
भारतीय जनता पार्टीले ९० सिटको हरियाणामा ७५ सिट जित्ने लक्ष्य राखेको थियो। यतिखेर ३५ सिटमा भाजपाले अग्रता कायम गरिरहेको छ। ३५ नै क्षेत्रमा कंग्रेसले लिड गरिरहेको छ। चुनावी परिणाम यही रफ्तारमा रहने हो भने जननायक जनता पार्टी निर्णायक शक्तिका रुपमा स्थापित हुने छ। उक्त पार्टीले अहिले ९ सिटमा अग्रता लिइरहेको छ।