PahiloPost

Jul 17, 2025 | २ साउन २०८२

फिफा वरीयतामा नेपाल ६ स्थान तल झर्‍यो, यस्तो छ नेपालको ग्राफ



पहिलोपोस्ट

फिफा वरीयतामा नेपाल ६ स्थान तल झर्‍यो, यस्तो छ नेपालको ग्राफ

फुटबलको सर्वोच्च निकाय फिफाले जारी गरेको नयाँ वरीयतामा नेपाल ६ स्थान तल झरेको छ। यसअघि १६० औं स्थानमा रहेको नेपाल वरीयतामा पछि पर्दै १६७ स्थानमा पुगेको हो।

यता एशियाली देशहरुमा नेपाल ३४ औं स्थानमा छ। दक्षिण एशियामा भारत र माल्दिभ्स नेपालभन्दा अगाडि छन्। भारत पनि अघिल्लो वरीयताबाट २ स्थान खस्कँदै १ सय ६ औं स्थानमा छ भने माल्दिभ्स पनि १ स्थान खस्कँदै  १ सय ५४ औं स्थानमा छ। १६७ स्थानमा पुगेको नेपालको रेटिङ ९८८ मा झरेको छ। यसअघि नेपालले ९९९ रेटिङ पाएको थियो।

दक्षिण एशियामा भुटान १ सय ८९, श्रीलंका २ सय ३,  बंगलादेश १ सय ८४,  पाकिस्तान २ सय १ औं स्थानमा छन्। दक्षिण एसियामा पाकिस्तानले मात्र स्थान सुधार गरेको छ। पाकिस्तानले २ स्थान सुधार गरेको हो।

एशियामा फिफा वरीयतामा सबैभन्दा माथि इरान रहेको छ। इरान २७, जापान २८  र कोरिया ३९ स्थानमा रहँदै एशियाको शीर्षस्थानमा छन्।

समग्रमा भने बेल्जियम शीर्ष स्थानमा छ। १७५५ रेटिङ पाएको बेल्जियम शीर्ष स्थानमा कायम रहेको हो। त्यस्तै दोस्रो र तेस्रो स्थानमा क्रमशः फ्रान्स र ब्राजिल रहेका छन्। फ्रान्सको १७२६ रेटिङ छ भने ब्राजिलको १७१५ रेटिङ रहेको छ।

फिफा वरीयतामा नेपालको औसत वरीयता १ सय ६५ हो। नेपालको सबैभन्दा माथिको वरीयता १ सय २४ हो। सन् १९९३ मा नेपालको वरीयता सबैभन्दा माथि थियो। त्यस्तै सन् २००९ मा १ सय ५२ औं स्थान र २०११ को १ सय ५३ औं स्थान नेपालको उच्च वरीयता रहेको समय हो।

त्यस्तै नेपाल वरीयतामा सबैभन्दा खस्कँदा १९२ औं स्थानमा झरेको थियो। सन् २०१५ मा नेपालको वरीयता १९२ थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell