PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

भाइटीकाको भोलिपल्ट कात्तिक १३ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय



पहिलोपोस्ट

भाइटीकाको भोलिपल्ट कात्तिक १३ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय
फाइल फोटो

काठमाडौं : सरकारले कात्तिक १३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले बिहीवार नियमित पत्रकार सम्मेलनमा भाइटीकाको भोलिपल्ट सार्वजनिक बिदा दिने निर्णय सरकारले गरेको जानकारी दिए।

नेवार समुदायले यो वर्ष कात्तिक १३ गते 'किजापूजा' अर्थात भाइटीका मनाउँदैछन्। पञ्चांग निर्णायक समितिको सिफारिसमा सरकारले कात्तिक १०, ११ र १२ गते मात्र बिदा दिने निर्णय गरेको थियो।

संघीय सांसद कृष्णगोपाल श्रेष्ठ, प्रदेश नम्बर ३ का सांसद डा अजयक्रान्ति शाक्य, राजेश शाक्यलगायतको टोलीले केही दिनअघि प्रधानमन्त्री केपी ओलीलाई उक्त दिन पनि बिदा दिन आग्रह गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell