PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

गायकहरु धमाधम पक्राउ पर्न थालेको प्रति सरकारका प्रवक्ता भन्छन्, 'नाङ्गै हिड्न पाउनुपर्छ भनेर हिँडेपछि त समात्नै पर्‍यो नि'



पहिलोपोस्ट

गायकहरु धमाधम पक्राउ पर्न थालेको प्रति सरकारका प्रवक्ता भन्छन्, 'नाङ्गै हिड्न पाउनुपर्छ भनेर हिँडेपछि त समात्नै पर्‍यो नि'
फाइल फोटो।

काठमाडौं : सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले स्वतन्त्रताका नाममा समाजको मूल्य मान्यता भड्काउन नहुने बताएका छन्।
मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न आयोजित बिहीवारको नियमित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले डेमोक्रेसी अराजकताकालाई नल्याइएको बताए।

शब्दका कारण गायकहरु पक्राउ परेको विषयमा बास्कोटाले भने, ‘दिदी, भाइ, बहिनी आमा र परिवारसँग बसेर तिनले गाएको गीत सुन्नुस्। कतिको समर्थन राख्नुहुन्छ? कतै अनुहार लाजले रातोपिरो हुन्छ कि? मुख थुन्नपर्ने जस्तो हुन्छ की?’

उनले थपे, 'अरुका छोरी झम्टिएका ठिकै छ, मनपरी बोलेको नि ठिकै छ, भ्रष्ट्राचार गरेको नि ठिकै भो? नाङ्गै हिड्न पाउनुपर्छ भनेर हिँडेपछि त समात्नै पर्‍यो नि।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell