PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

सञ्चारमन्त्री बास्कोटा भन्छन्, 'कसैको दबावमा सम्झौता गरिएको छैन'



पहिलोपोस्ट

सञ्चारमन्त्री बास्कोटा भन्छन्, 'कसैको दबावमा सम्झौता गरिएको छैन'
फोटो : रासस।

काठमाडौं : सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले कसैको दवाबमा नेपालले सम्झौता नगर्ने स्पष्ट पारेका छन्।

सरकारका निर्णय सार्वजनिक गर्न बिहीवार आयोजना गरिएको पत्रकार सम्मेलनमा बास्कोटाले देशको आवश्यकता अनुसार सरकारले सम्झौता गर्ने बताए।

उनले भने, 'हामी कसैको दबाबमा परेका छैनौं। कसैको प्रभावमा पनि पर्दैनौँ। हाम्रा सम्बन्धहरू विस्तार गर्ने कुरा हो। चिनियाँ राष्ट्रपतिसँग गरिएको २० बुँदे सम्झौता कसैको दवाबमा गरिएको होइन। एमसिसीको निम्ती अमेरिकाले नेपाललाई सहयोग गर्ने कुरा कसैको दबावमा होइन दौत्य सम्बन्धको परिणामको रुपमा यसलाई बुझ्नुपर्दछ।'

चीनका राष्ट्रपति सी जिनपिङको भ्रमणले नेपालमा चीनको प्रभावमात्रै नबढेको बरु नेपालको प्रभाव पनि अन्यत्र विस्तारित भएको उनको भनाइ थियो। उनले नेपालको दौत्य सम्बन्ध छिमेकी देश र अन्य मित्रराष्ट्रसँग पनि स्थापित भइरहेको बताए।

'हाम्रो इन्गेजमेन्ट चाहिँ बढेको छ। पर्यटन, कनेक्टिभिटि, विकासका साझा आकांक्षा बढेको छ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell