PahiloPost

Jul 17, 2025 | २ साउन २०८२

महराको डिएनए परीक्षण गर्न अदालतको अनुमति



पहिलोपोस्ट

महराको डिएनए परीक्षण गर्न अदालतको अनुमति

काठमाडौं : बलात्कारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको डिएनए परीक्षण गर्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ। जिल्ला अदालत काठमाडौंले प्रहरी मार्फत् सरकारी वकिल कार्यालय हुँदै पुगेको निवेदनमा अनुमति दिएको हो।

प्रहरीले महराको डिएनए परीक्षणका लागि नमुना सकलन गर्न अदालत समक्ष अनुमति मागेको थियो। आज नै अदालतले महराको अनुसन्धान गर्न प्रहरीलाई थप सात दिनको म्याद दिएको छ। असोज १२ गते संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि बलात्कार प्रयासको महरामाथि आरोप छ। महिलाले प्रहरीमा किटानी जाहेरी दिएपछि असोज १९ गते अदालतको अनुमतिले प्रहरीले महरालाई सभामुख निवास बालुवाटारबाट पक्राउ गरेको थियो।

पीडित महिलाको कोठाबाट प्रहरीले संकलन गरेको सबुतप्रमाण हो या होइन भनेर पुष्टि गर्नेका लागि डीएनए गर्न लागिएको हो। कोठाबाट प्रहरीले महराको भनिएको चस्मा, जुत्ताको तलुवा, रक्सीको बोतल लगायत सामाग्री बरामद गरेको थियो।

महरा प्रकरणमा प्रहरीले १८ दिन गुजारिसकेको छ। यसअघि जिल्ला अदालतले काठमाडौंले कात्तिक २ गतेबाट लागू हुनेगरी पाँच दिनको म्याद थपेको थियो। त्यो म्याद हिजो नै सकिएको हो। प्रहरीले अनुसन्धान जारी रहेकाले थप समय माग गरेको हो।

गत आइतबार महराको सरकारी वकिल समक्ष बयान भएको थियो। बयानमा महराले आफू पीडित भनिएकी महिलाको कोठामा नगएको दावी गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell