PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

आगामी मंसिर १४ गतेदेखि वीरगन्ज प्रिमियर लिग क्रिकेट हुने



राधेश्याम पटेल

आगामी मंसिर १४ गतेदेखि वीरगन्ज प्रिमियर लिग क्रिकेट हुने

वीरगन्ज : वीरगन्जमा सर्वाधिक पुरस्कार राशीको क्रिकेट प्रतियोगिता वीरगन्ज प्रिमियर लिग (बिपिएल) आयोजना हुने भएको छ। प्रदेश नम्बर २ का आठ जिल्लाबाट क्रिकेटका नयाँ प्रतिभाको खोजी गर्न र राम्रा खेलाडीलाई अवसर प्रदान गर्न बिपिएलको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

यूनाइटेड क्रिकेट क्लब मुर्ली वीरगन्जले आगामी मंसिर १४ गतेदेखि २१ गते सम्म उक्त प्रतियोगिता गर्न लागेको हो। प्रतियोगिता नारायणी रंगशालाको क्रिकेट ग्राउन्डमा हुने पत्रकार सम्मेलनमार्फत आयोजकले जानकारी दिएको छ।

प्रदेश नम्बर २ को क्रिकेट खेल विकास तथा नयाँ प्रतिभाको खोजी स्वरुप वीरगन्जमा २० लाखको लागतमा बिपिएल प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिता संयोजक प्रफुल्ल सागर प्रधानले जानकारी दिए।

प्रतियोगितामा आठ वटा टिम सहभागी हुने बताइएको छ। प्रदेश २ को आठ जिल्लाको खेलकुद विकास समिति वा निजी क्षेत्रले पनि न्यूनतम १ लाख ६० हजारको खर्चमा एउटा टिम खडा गर्न सक्ने आयोजक क्लबका बाबुजान अन्सारीले बताए।

एउटा टिममा ३ जना अन्तर्राष्ट्रिय, ५ जना राष्ट्रिय र ८ जना स्थानीय तथा नयाँ प्रतिभालाई स्थान दिन सकिने बिपिएलको नियम छ।

अन्तर्राष्ट्रिय खेलाडीको दर साढे ७ हजार देखि १२ हजार रुपैयाँ, राष्ट्रिय खेलाडीका लागि ५ हजारदेखि साढे सात हजार रुपैयाँ र नयाँ खेलाडीका लागि २ हजार देखि ५ हजार रुपैयाँसम्म दर तोकिएको छ।

टिमले अक्सनमार्फत खेलाडी लिनेछन्। जसको लागि प्रतियोगिता हुनुभन्दा दुई साताअघि देखि अनलाइन आवेदन खुल्ला गरिनेछ। आवदेन परेका मध्येबाट अक्सनको लागि खेलाडीको सूची आयोजकले एक साता अघि तयार पार्ने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell