PahiloPost

Apr 29, 2026 | १६ बैशाख २०८३

३३ तोला* सुनसहित भारतीय कालीगड बेपत्ता



विष्णु गौतम

३३ तोला* सुनसहित भारतीय कालीगड बेपत्ता

पोखरा : पोखराको न्यूरोडस्थित गोरखा एण्ड बराह ज्वेलर्स ईण्डस्ट्रिज प्रालिमा काम गर्ने भारतीय युवक बुधवारदेखि ३३ तोला सुन सहित सम्पर्क विहीन भएका छन्। भारत कलकत्ता घर भएका ३६ वर्षीय रञ्जन राजवंशी सुनसहित फरार भएका हुन्।

बुधवार दिउँसो ३ बजेको समयमा पसलमै काम गर्ने राजवंशीले सिर्जनाचोक स्थित गहना बनाउने ठाउँमा उक्त सुन लिएर गएका थिए। तर रातिसम्म नआएपछि पौने ११ बजे मात्रै प्रहरीलाई खबर गरिएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ।

प्रहरीलाई जानकारी प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको एसपी दीपक रेग्मीले जानकारी दिए।

*यसअघि प्रकाशित समाचारमा ३३ तोला हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell