PahiloPost

Jul 22, 2026 | ६ साउन २०८३

नेपाल बैंकले बाराको हुरी पीडित गाउँमा विद्यालय भवन बनाइदिने



राधेश्याम पटेल

नेपाल बैंकले बाराको हुरी पीडित गाउँमा विद्यालय भवन बनाइदिने

वीरगन्ज : नेपाल बैंक लिमिटेडले बाराको हुरी पीडित गाउँ चैनपुरमा बनाउन लागेको विद्यालय भवनको बिहीवार शिलान्यास गरिएको छ। संस्थागत समाजिक उतरदायित्तत्व अन्तर्गत बैंकले ५० लाखको लागतमा विद्यालय भवन निर्माण गर्न लागेको हो।

परवानीपुर गाउँपालिका वडा नम्बर ४ स्थित चैनपुर टोलमा ६ महिना भित्र निर्माण सक्ने गरी दुई तल्ले ६ कोठे विद्यालय भवनको निर्माण कार्य शुरु भएको छ। बैंकको केन्द्रीय शाखाको निर्णय अनुसार विद्यालय भवन निर्माण गर्न लागिएको बताइएको छ।

नेपाल बैंक लिमिटेड प्रदेश नम्बर २ की प्रबन्धक प्रतिमा डंगोलले नेपाल राष्ट्रिय प्राथमिक विद्यालय चैनपुरको नयाँ विद्यालय भवनको शिलान्यास गरिन्। गत चैत १७ गते आएको विनाशकारी हावाहुरीले गर्दा चैनपुरको सो विद्यालय जीर्ण भएको थियो। त्यसैलाई मध्य नजर गर्दै बैंकले विद्यालय भवन निर्माण गर्ने निर्णयमा पुगेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell