PahiloPost

Jul 17, 2025 | २ साउन २०८२

उपनिर्वाचनको आचारसंहिता आजदेखि लागू, के के गर्न पाइन्न?



पहिलोपोस्ट

उपनिर्वाचनको आचारसंहिता आजदेखि लागू, के के गर्न पाइन्न?
फाइल फोटो

काठमाडौँः मंसिर १४ गते हुने उपनिर्वाचन लागि निर्वाचन आयोगले आचारसंहिता लागू गरेको छ। शुक्रबारदेखि सबै निर्वाचन हुने क्षेत्रमा आचारसंहिता लागू भएको छ। निर्वाचनलाई स्वच्छ, मर्यादित र पारदर्शी बनाउन भन्दै आयोगले आचारसंहिता लागू गरेको हो।

निर्वाचन आचारसंहिता नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार तथा सरकार मातहतका निकायमा लागू हुनेछ। यस्तै, सार्वजनिक संगठन, सुरक्षा निकायमा पनि आचारसंहिता लागू हुनेछ।

आचारसंहिता लागू भएको समयमा कुनै पनि नयाँ कर्मचारी पदपूर्ति, दरबन्दी सिर्जना लगायतका काम गर्न पाइने छैन। चुनाव प्रभावित हुनेगरी कुनै पनि निर्णय गर्न पाइने छैन।

आचारसंहिता उम्मेदवार, राजनीतिक दल, सञ्चारमाध्यम, पर्यवेक्षक, गैरसरकारी संस्थाहरुलाई पनि लागू हुनेछ।

मंसिर १४ गते ३७ जिल्लामा विभिन्न पदहरुमा उपनिर्वाचन हुँदैछ। जसमा प्रतिनिधिसभातर्फ एक स्थान रिक्त छ। यस्तै, प्रदेशसभामा तीन, स्थानीय तह प्रमुख चार, उपप्रमुख एक स्थानमा निर्वाचन हुँदैछ। विभिन्न स्थानीय तहमा गरी ४३ वडाध्यक्ष पदका लागि पनि निर्वाचन हुँदैछ। प्रतिनिधिसभा सदस्यदेखि वडाध्यक्षसम्म ५२ पदका लागि निर्वाचन हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell