PahiloPost

Jul 17, 2025 | २ साउन २०८२

एएफसी फुटसल क्वालिफायर्स : नेपालले अफगानिस्तानसँग खेल्ने



पहिलोपोस्ट

एएफसी फुटसल क्वालिफायर्स : नेपालले अफगानिस्तानसँग खेल्ने

एएफसी फुटसल क्वालिफायर्समा आज नेपालले अफगानिस्तानको सामना गर्दै छ। समूह 'ए'को पहिलो खेलमा ताजकिस्तानसँग ६-० र दोस्रो खेलमा उज्बेकिस्तानसँग ४–१ ले पराजित भएको नेपालले आज अन्तिम खेलमा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो।

सन् २०२० मा तुर्कमेनिस्तानमा हुने फुटसल प्रतियोगिताको छनोट अन्तर्गत जारी खेलमा नेपाल समूह 'ए'मा छ। समूह 'ए' मा नेपालसँगै अफगानिस्तान, ताजकिस्तान र उज्बेकिस्तान छन्।

त्यस्तै समूह 'बी' मा इरान, किर्गिस्तान र तुर्कमेनिस्तान छन्।

सेन्टर तथा दक्षिण एशियाली छनोटको समूह 'ए' मा ताजकिस्तान र उज्वेकिस्तानले आफ्नो पहिलो र देस्रो खेलमा जित निकाल्दै समान ६ अंक जोडेका छन्। यता दुवै खेलमा पराजय भोगेका नेपाल र अफगानिस्‍तान भने अंकविहीन छन्।

नेपाल र अफगानिस्तानबीचको खेल आज दिउँसो १ बजे सुरु हुनेछ।

अफगानिस्तान पनि यसअघि उज्बेकिस्तानसँग ६–२ र ताजकिस्तानसँग ५–२ ले पराजित भएको थियो। दुवै टिम आज सान्त्वना जितका लागि उत्रने छन्। आजै हुने अर्को खेलमा अपराजित उज्बेकिस्तान र ताजकिस्तान भिड्नेछन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell