PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

यू १९ विश्वकप क्रिकेट माघ ३ गतेदेखि, पहिलो खेलमा साउथ अफ्रिका र अफगानिस्तान भिड्ने



पहिलोपोस्ट

यू १९ विश्वकप क्रिकेट माघ ३ गतेदेखि, पहिलो खेलमा साउथ अफ्रिका र अफगानिस्तान भिड्ने
फोटोः आइसिसी

साउथ अफ्रिकामा हुने विश्वकप यू १९ क्रिकेट माघ ३ गतेबाट सुरु हुने भएको छ। आइसिसीले बिहीवार विज्ञप्ति निकाल्दै यू १९ विश्वकपको खेल तालिका सार्वजनिक गरेको हो।

प्रतियोगिताको पहिलो खेलमा आयोजक साउथ अफ्रिका र अफगानिस्तान डाइमन्ड ओभल स्टेडियममा भिड्नेछन्। प्रतियोगिताको फाइनल खेल माघ २६ गते हुनेछ।

यू १९ विश्वकपमा १६ टिम सहभागी छन् जसलाई ४ समूहमा बाँडिएको छ। समूह 'ए' मा भारत, श्रीलंका, न्युजिल्यान्ड र जापान रहेका छन्। त्यस्तै समूह 'बी' मा अस्ट्रेलिया, इंग्ल्यान्ड, वेस्ट इन्डिज र नाइजेरिया रहने छन्। समूह 'सी' मा पाकिस्तान, बंगलादेश, जिम्बावेर स्कटल्यान्ड रहने छन्। र, समूह 'डी' मा अफगानिस्तान, दक्षिण अफ्रिका, युएई र क्यानडा रहनेछन्। हरेक समूहका शीर्ष २ टिम दोस्रो चरणमा प्रवेश गर्नेछन्।

यू १९ विश्वकप चार शहरका ८ स्टेडियममा खेलाइनेछ। यू १९ विश्वकपमा अहिलेसम्म भारतले ४ पटक, अस्ट्रेलियाले ३ पटक,  पाकिस्तानले २ पटक तथा दक्षिण अफ्रिका, वेस्ट इन्डिज र इंग्ल्यान्डले १ पटक उपाधि जितेका छन्। यो यू १९ को १३ औं विश्वकप हुनेछ।

नेपाल भने यसपटक यू १९ विश्वकपको छनोटबाटै बाहिरिएको थियो।

समूह 'ए'भारत, श्रीलंका, न्युजिल्यान्ड, जापान

समूह 'बी' अस्ट्रेलिया, इंग्ल्यान्ड, वेस्टइन्डिज, नाइजेरिया

समूह 'सी' पाकिस्तान, बंगलादेश, जिम्बावे, स्कटल्यान्ड

समूह 'डी' अफगानिस्तान, दक्षिण अफ्रिका, युएइ र क्यानडा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell