PahiloPost

Jul 17, 2025 | २ साउन २०८२

फ्राइडे रिलिज : पोइ पर्‍यो काले सँगै हाउसफुल ४ र  मेड इन चाइना



पहिलोपोस्ट

फ्राइडे रिलिज : पोइ पर्‍यो काले सँगै हाउसफुल ४ र  मेड इन चाइना

काठमाडौं : यो साता फ्राइडे रिलिज अन्तर्गत नेपाली फिल्म 'पोइ पर्‍यो काले' र दुई बलिउड फिल्म 'हाउसफुल ४' र 'मेड इन चाइना' प्रदर्शनमा आएको छ।

शिशिर राणा निर्देशित फिल्म 'पोइ पर्‍यो काले' मा अभिनेत्री पूजा शर्मा, आकाश श्रेष्ठ, सृष्टि श्रेष्ठ र सौगात मल्लको मुख्य भूमिका रहेको छ। निर्देशक राणाले नै लेखेको कथामा बनेको यस फिल्ममा सरोज नेपाली, राजीव गुरुङ (दीपक मनाङे) ले लगानी गरेका छन्। पोइ पर्‍यो कालेलाई कमेडी र रोमान्स जनरामा निर्माण गरिएको छ।

त्यस्तै बलिउड अभिनेता अक्षय कुमार अभिनित फिल्म 'हाउसफुल ४' पनि आजबाट प्रदर्शनमा आएको छ। फरहाद सामजी निर्देशित यस फिल्ममा अक्षय कुमारसँगै रितेश देशमुख, बबी देओल, कृति सेनन लगायतका कलाकारले अभिनय गरेका छन्। यसअघि हाउसफुल सिक्वेलमा बनेका अन्य फिल्मलाई दर्शकहरुले निकै रुचाएका थिए।

ड्रामेडी जनरामा निर्माण भएको फिल्म 'मेड इन चाइना' लाई मिखिल मुलसले निर्देशक गरेका हुन्। फिल्ममा अभिनेता राजकुमार राव र अभिनेत्री मौनी राय मुख्य भूमिकामा छन्। फिल्ममा राजकुमार र मौनीसँगै परेश रावल, बोमन इरानी लगायत बलिउडमा स्थापित कलाकारहरुको अभिनय समेत हेर्न पाइन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell