PahiloPost

Jul 17, 2025 | २ साउन २०८२

'घामड शेरे'सँग रिलिज मिति जुधेपछि 'सरौतो' ले पनि पछि सार्‍यो प्रदर्शन



पहिलोपोस्ट

'घामड शेरे'सँग रिलिज मिति जुधेपछि 'सरौतो' ले पनि पछि सार्‍यो प्रदर्शन

काठमाडौं : कात्तिक २२ गतेको लागि प्रदर्शन मिति तय गरेको फिल्म 'सरौतो' ले रिलिज डेट एक साता पछि सारेको छ। रिलिज डेट नजिकिएसँगै फिल्म निर्माण समूहले 'सरौतो' को प्रचारप्रसार समेत सुरु गरिसकेको थियो।

तर कात्तिक ८ गतेलाई रिलिज डेट तोकेको फिल्म 'घामड शेरे'ले शो कम पाएको भन्दै रिलिज मिति पछि सारेर कात्तिक २२ गते पुर्‍याउँदा त्यही मितिमा रिलिज हुन लागेको 'सरौतो'ले दुई फिल्मको प्रदर्शनलाई नजुधाउन आफ्नो प्रदर्शन मिति एक साता पछि सारेको हो। 'सरौतो' अब कात्तिक २९ गते रिलिज हुने निर्माण पक्षले बताएको छ।

हरि हुमागाई निर्देशित 'सरौतो'मा सुमी मोक्तान, सन्नी सिंह, आमिर गौतम, अरुणा कार्की, मनिषा पुन मगर, प्रतीक दुलाल, मनोज तामाङ लगायतका कलाकारले अभिनय गरेका छन्। एक्सन जनरामा निर्माण भएको यस फिल्ममा सुमी मोक्तान एक्सन गर्लको भूमिकामा देखिएकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell