PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

नेपाली यू-२३ फुटबल टोली म्यान्मारको यू-२३ सँग भिड्दै



पहिलोपोस्ट

नेपाली यू-२३ फुटबल टोली म्यान्मारको यू-२३ सँग भिड्दै

नेपाली यू-२३ फुटबल टोलीले आज म्यानमार यू-२३ सँग खेल्दै छ। दक्षिण एसियाली खेलकुदको तयारीका क्रममा रहेको नेपालले म्यानमारसँग खेल्न लागेको हो। खेल आज राति ९:१५ मा कतारस्थित कतार स्पोर्टस् क्लबमा हुनेछ।

 नेपाली टोली मैत्रीपूर्ण खेल खेल्न मंगलवार कतार पुगेको थियो।

बिदाइ कार्यक्रममा नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले म्यान्मार नेपाली टोलीभन्दा फिफा वरीयतामा अगाडि रहेको टोली भएकाले यो खेल साफ तयारीका लागि नेपालको हकमा महत्वपूर्ण हुने बताए।

नेपाल र म्यान्मारबीचको खेललाई एन्फाले नजिकिँदै गरेको साफको तयारीका रुपमा हेरेको छ भने म्यान्मारले साउथ इस्ट एशियन गेम (एसइए) को तयारीका रुपमा लिएको छ।

नेपाली टोली

अनन्त तामाङ, अन्जन विष्ट, विक्रम लामा, सुजल श्रेष्ठ, दिनेश राजबंशी, तेज तामाङ, अभिशेक रिजाल, सुनिल बल, हेमन्त थापा मगर, छिरिङ गुरुङ्, अर्पण कार्की, दीप कार्की, देव लिम्बु, नितिन थापा, सेसेहाङ आङदाङवे, मिक्छेन तामाङ, रामचन्द्र वाजी, प्रिजेन तामाङ, रेजिन सुब्बा, राजीव लोप्चन, नवयुग श्रेष्ठ, सुमन अर्याल।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell