PahiloPost

Jul 19, 2025 | ४ साउन २०८२

कात्तिक १६ मा 'मिस्टर एन्ड मिस स्टार चितवन' को ग्रान्ड फिनाले



पहिलोपोस्ट

कात्तिक १६ मा 'मिस्टर एन्ड मिस स्टार चितवन' को ग्रान्ड फिनाले

काठमाडौं : मिस्टर एन्ड मिस स्टार चितवन-२०१९ को ग्रान्ड फिनाले यही कात्तिक १६ गते शनिवार हुने भएको छ। प्रतिस्पर्धाको ट्यालेन्ट राउन्ड सकिएको आयोजक क्रिएटिभ इन्साइट मिडिया प्रालिकी अध्यक्ष सरिता आचार्यले बताएकी छिन्। भरतपुर चितवनमा पहिलो पटक युवा तथा युवतीहरुको लागि मिस्टर एन्ड मिस स्टार चितवन प्रतियोगिताको आयोजना गरिएको हो।

उक्त प्रतियोगितामा सविना गुरुङ, रुपा केसी, सीमा महतो, बेनिशा छेत्री, नविना अधिकारी, श्रवण श्रेष्ठ, सनम कँडेल, भावना पाण्डे, मनोज तामाङ, किरण दनुवारले प्रतिस्पर्धा गरिरहेका छन्।

होटल बन्दीपुरमा सम्पन्न भएको ट्यालेन्ट राउन्डमा विकास सापकोटा, कमल बराल, अस्मिता नेपाली निर्णायक रहेका थिए। प्रतियोगिताको कोरियोग्राफी अस्मिता नेपालीले गरिरहेकी छिन्।

प्रतियोगिताको विजेतालाई नगदसहित आकर्षक पुरस्कार दिइनुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता, स्टेज कार्यक्रममा भाग लिन अवसर दिइने आयोजक संस्थाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell