PahiloPost

Jul 19, 2025 | ४ साउन २०८२

अखिल नेपाल फुटबल संघलाई ३५ हजार डलर जरिवाना, प्रतिबन्धको चेतावनी



पहिलोपोस्ट

अखिल नेपाल फुटबल संघलाई ३५ हजार डलर जरिवाना, प्रतिबन्धको चेतावनी

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)लाई एसियन फुटबल कन्फिडरेसनले (एएफसी)ले ३५ हजार अमेरिकी डलर जरिवाना गराएको छ। एएफसीको बैठकले एएफसीको 'क्लब कप लाइसेन्सिङ रेगुलेसन' उल्लङ्घन गरेको बताउँदै जरिवाना गरेको हो।

एएफसी कप २०१९ मा गलत तरिकाले मापदण्ड पूरा नगरेका क्लबलाई लाइसेन्स वितरण गरेको भन्दै जरिवाना गराएको हो। एएफसीले सन् २०१९ मा क्लबको लाइसेन्स अनिवार्य गर्न निर्देशन दिएको थियो।

एएफसीको डिसिप्लेनरी एन्ड इथिक्स कोड आर्टिकल ३४.१ र ३४.३ अझै उल्लंघन भएको खन्डमा २५००० अमेरिकी डलर जरिवाना र २ वर्ष प्रतिवन्ध हुन सक्ने समेत चेतावनी दिएको छ।

त्यस्तै लाइसेन्स वितरण सम्वन्धि भएको विषय ३० दिन भित्रमा सुल्झाउन समेत एएफसीले निर्देशन दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell