PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

कास्की क्षेत्र नम्बर २ को निर्वाचनमा रवीन्द्र अधिकारीकी श्रीमती विद्या भट्टराई सिफारिस



विष्णु गौतम

कास्की क्षेत्र नम्बर २ को निर्वाचनमा रवीन्द्र अधिकारीकी श्रीमती विद्या भट्टराई सिफारिस

कास्की : कास्की क्षेत्र नम्बर २ बाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले रवीन्द्र अधिकारीकी श्रीमती विद्या भट्टराईलाई उम्मेदवार बनाउने भएको छ।

आज बसेको नेकपाको जिल्ला र महानगरपालिका बैठकले भट्टराईको नाम उम्मेदवारका रुपमा पठाउन सिफारिस गरेको हो। नेकपाका पोखरा महानगरपालिका कमिटी सचिव विश्वप्रकाश लामिछानेले सर्वसम्मत रुपमा भट्टराईको नाम उम्मेदवारका रुपमा सिफारिस भएको जनाउँदै त्यसलाई ऐतिहासिक निर्णय भएको प्रतिक्रिया दिए।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रहँदा हेलिकप्टर दुर्घटनामा परी रवीन्द्र अधिकारीको मृत्यु भएको थियो। उनको मृत्युसँगै कास्की क्षेत्र नम्बर दुईमा प्रतिनिधिसभाका सदस्य पद रिक्त रहेको थियो।

निर्वाचन आयोगले मंसिर १४ गते उप निर्वाचन गराउने भएपछि सबैभन्दा धेरै चासो कास्कीको यही क्षेत्र थियो। तत्कालीन नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनसँग आवद्ध रही राजनीतिमा सक्रिय रहेकी भट्टराई हाल त्रिभुवन विश्वविद्यालयमा उप प्राध्यापक छिन्। समाजशास्त्र केन्द्रीय विभागमा आवद्ध उनलाई निर्विकल्प उम्मेदवारका रुपमा कास्कीमा उठाइएको हो। उनी सबैभन्दा बलियो उम्मेदवारका रुपमा समेत आँकलन गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell