PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

प्लास्टिकमा भेटियो अग्नि नियन्त्रकको शव



राधेश्याम पटेल

प्लास्टिकमा भेटियो अग्नि नियन्त्रकको शव

वीरगन्ज : वीरगन्ज महानगरपालिकाका अग्नि नियन्त्रक बुनिलाल प्रसाद चौरसिया मृत फेला परेका छन्। चौरसियाको शव नगवा पोखरियाको डिलमा फेला परेको प्रहरीले जनाएको छ।

उनको हत्या भएको पर्सा प्रहरीले पुष्टि गरेको छ। मृतक चौरसियाको टाउको र शरीरभरि गम्भीर चोट पटक देखिएको छ। बिहीवार चार बजे घरबाट निस्केका उनी त्यसपछि सम्पर्क विहिन बनेका थिए। उनको मोबाइलमा सम्पर्क हुन नसकेपछि परिवारले पर्सा प्रहरीलाई खबर गरेका थिए।

सम्पर्कविहिन भएको खवर पाउने बित्तिकै प्रहरीले पनि रातिदेखि नै उनको खोजी कार्य शुरु गरेको थियो। आज दिउँसो २ बजे पोखरीको डिलमा उनको शव भेटिएको प्रहरीले जनाएको छ। प्लास्टिक र तन्नामा बेरिएको शवलाई कुकुरले खोतल्न थालेपछि स्थानीयले देखेर प्रहरीलाई जानकारी गराका थिए।

पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरका अनुसार बरामद शवको प्रकृति र आलो रगत एवं चौरसियाको शरीरमा देखिएको चोटपटकले हत्या नै गरिएको पर्सा प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। हत्याको आशंकामा केही व्यक्तिमाथि प्रहरीले अनुसन्धान शुरु गरेको उनले बताए। घटनामा संलग्न अभियुक्तहरु चाडै पक्राउ पर्ने उनको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell