PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

तिहारै आयो, लौ गास्नुस् माला : थुङ्गैथुङ्गा जोडेर सजाउनुस् घर

तिहारै आयो, लौ गास्नुस् माला : थुङ्गैथुङ्गा जोडेर सजाउनुस् घर

प्रवीण रानाभाट/पहिलोपोस्ट


तिहारले छपक्कै छोपिसक्यो। झिलमिल बत्तीले घरहरु सजिन थालिसके। भक्तपुरको गुन्डूमा मखमलीको माला तयार भइसक्यो। तयार भएका धेरैजसो माला त बजारमा पुगि पनि सके। काठमाडौंको उत्तर पश्चिमी गाउँ इचङ्गुमा भने आज दिनभर फूल टिप्नेहरुको भिड लाग्यो। जसरी गुण्डूमा मखमली लगाउनेहरु जुटे, यहाँ चाहिँ सयपत्री।

शनिवारबाट बत्तीसँगै घरहरु सयपत्रीका मालाले सजिन्छन्। त्यसैका लागि ताजा फूल उपलब्ध गराउन इचङ्गुवासी शुक्रवारमात्रै आफ्नो फूलबारीमा पसे। शुक्रवारबाटै उनीहरुले बजारमा फूल पठाए पनि। एक सिजनमा फूल्ने सयपत्रीलाई तिहारको प्रतीककै रुपमा पनि लिइन्छ। इचङ्गुमा फूल टिप्दै गरेको दृष्यलाई पहिलोपोस्टका फोटो पत्रकार प्रवीण रानाभाटले आफ्नो लेन्समा यसरी कैद गरेका छन्। हेर्नुस् फोटोहरु :



ट्रेन्डिङ पोस्ट

Ncell