PahiloPost

Jul 19, 2025 | ४ साउन २०८२

एएफसी फुटसल क्वालिफायर्स : नेपाल जितविहीन



पहिलोपोस्ट

एएफसी फुटसल क्वालिफायर्स : नेपाल जितविहीन

एएफसी फुटसल क्वालिफायर्सको आजको खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको छ। इरानमा सम्पन्न खेलमा नेपाल आफ्ना ३ वटै खेलमा पराजित भएको हो। आज भएको खेलमा नेपाल अफगानिस्तानसँग २–६ ले पराजित भएको छ।

खेलको दोस्रो मिनेटमा मोहसेन रेजायीको गोलबाट अफगानिस्तानले अग्रता लिएको थियो। छैठौं मिनेटमा आदिल हामिदले गोल गर्दै खेल बराबरीमा ल्याए। १२ औं मिनेटमा सेयेद होसेइन मौसभिले गोल गर्दै २-१ ले पछि परेको नेपालका लागि १६ औं मिनेटमा मणी लामाले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए। १७ औं मिनेटमा अफ्गानिस्तानका अक्बर काजेमीले गोल गर्दा नेपाल पहिलो हाफमा ३-२ ले पछि पर्‍यो।

दोस्रो हाफमा अफ्गानिस्तानले थप तीन गोल गर्‍यो। २७ औं मिनेटमा मेहदी हशेमीले गोल गर्दा नेपाल ४-२ ले पछि पर्‍यो। ३६ औं मिनेटमा फर्जाद महमोदी र खेलको अन्तिम मिनेटमा सेयेद होसेइन मौसभिले व्यक्तिगत दोस्रो गोल गरेपछि नेपाल अफगानिस्तानसँग ६-२ गोलले पराजित भएको हो।

यसअघि नेपाल समूह 'ए'को पहिलो खेलमा ताजकिस्तानसँग ६-० र दोस्रो खेलमा उज्बेकिस्तानसँग ४–१ ले पराजित भएको थियो।

सन् २०२० मा तुर्कमेनिस्तानमा हुने फुटसल प्रतियोगिताको छनोट अन्तर्गत जारी खेलमा नेपाल समूह 'ए'मा छ। समूह 'ए' मा नेपालसँगै अफगानिस्तान, ताजकिस्तान र उज्बेकिस्तान छन्।

त्यस्तै समूह 'बी' मा इरान, किर्गिस्तान र तुर्कमेनिस्तान छन्।

सन् २०२० मा तुर्केमिनिस्तानमा हुने एएफसी फुटसल च्याम्पियनसिपका लागि नेपाल सम्मिलित समूह ए बाट उज्वेकिस्तान र ताजिकिस्तान छनोट भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell