PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

भिटेन पक्राउप्रति कलाकारदेखि विश्लेषकको विरोध, कसले के भने?



मन्दिरा खत्री

भिटेन पक्राउप्रति कलाकारदेखि विश्लेषकको विरोध, कसले के भने?

काठमाडौं: र्‍यापर एवं गायक समीर घिसिङ (भिटेन) पक्राउ परेसँगै सामाजिक सञ्जालमा विभिन्न किसिमका टीकाटिप्पणी भइरहेका छन्।  

भिटेनलाई लिएर बनेका थुप्रै ट्रोलहरु पनि सामाजिक सञ्जालमा छाएका छन्। उनलाई बिहीवार महानगरीय अपराध महाशाखाको टोलीले गीतमा प्रहरीलाई डन्ठेदेखि लिएर अश्लील गाली गरेको भन्दै नियन्त्रणमा लिएको थियो। भिटेनलाई प्रहरीले प्रकाउ गरेसँगै कलाकारदेखि सर्वसाधारणले उनको पक्षमा कमेन्ट गर्दै अभिव्यक्ति स्वतन्त्रताको माग गरेका छन्। 

निर्देशक तथा अभिनेता निश्चल बस्नेतले सामाजिक सञ्जाल मार्फत प्रहरीले भिटेनलाई समाएर मुद्दा चलाएको विषयमा व्यङ्ग्य गरेका छन्। उनले भनेका छन् 'भिटेनलाई समाएर ठुलो काम गर्‍या प्रहरीले मुद्दा पनि अगाडि बढाउने सुनियो। अब बद्लिन्छ देश अब कोल्टे फेर्छ समाजले अब अग्रागामी छलाङ मारिन्छ।'

 

त्यस्तै अभिनेत्री ऋचा शर्माले पनि 'भिटेनलाई गरी खान देउ। फ्री भिटेन' भन्दै सामाजिक सञ्जालमा लेखेकी छिन्।

 

मानव अधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीले गीत गाउनु गायकगायिकाको अभिव्यक्ति स्वतन्त्रता भएको र कसैलाई चित्त नबुझे गीत नसुने हुन्छ भन्दै सामाजिक सञ्जालमा आफ्नो धारणा राखेकी छिन्। उनले ट्वीटरमा लेखेकी छिन् 'गीत पनि कसैलाई सोधेर गाउनु पर्ने गायकले लेखक वा रचनाकारहरुको अनुमति लिएर लेख्नु पर्ने कसैलाई चित्त बुझ्दैन भने नसुने हुन्छ तर र्‍याप र्‍याप नै हो। अभिव्यक्ति स्वतन्त्रा मजाकै भयो।'

 

 

त्यस्तै राजनीतिक विश्लेषक विश्वणुभक्त दुलाल 'आहुति'ले पनि भिटेन पक्राउको विरोध गरेका छन्। उनले आफ्नो फेसबुकमा लेखेका छन्, 'कलाकार समीर घिसिङ भिटेनलाई मुद्दा लगाउने दुस्साहस् होस् या कलाकार दुर्गेश थापालाई गरिएको अपमान कला सिर्जना र कलाको कालसापेक्षताको छेउटुप्पो नबुझेको आदिम मानसिकताका शासकहरुको आधुनिक आत्मरतिमय प्रहसनमात्र हो। तिनीहरु अन्तत हाँस्यपात्र बन्नेछन्। कलाकारहरु र न्यायप्रेमी सबैलाई छिट्टै निद्रा तोड्न सल्लाह भने यस काण्डले साउती गरेकै छ।'

 

लोक गायिका एवं लोकस्टारकी निर्णायक सुनिता दुलाल एक फेसबुक प्रयोगकर्ताको स्ट्याटस् साभार गर्दै भिटेन पक्राउको विरोध गरेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell