PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

बुवाको जमानीमा रिहा भए र्‍यापर भिटेन



पहिलोपोस्ट

बुवाको जमानीमा रिहा भए र्‍यापर भिटेन

काठमाडौं: 'हामी यस्तै त हो नी ब्रो गीत'का कारण पक्राउ परेका र्‍यापर तथा गायक समीर घिसिङ उर्फ भिटेन हिरासतमुक्त भएका छन्। शुक्रबार उनका बुवा कपिल लामाले जिल्ला जमानीमा छुटाएका हुन्। महानगरीय प्रहरी परिसर ललितपुरकी एसपी दुर्गा सिंहले बोलाएको समयमा उपस्थित हुने सर्तमा भिटेन रिहा भएको जानकारी दिइन्।

गीतमा प्रहरीलाई डन्ठे भनेर अश्लील गाली गरेका कारण बिहीबार उनी पक्राउ परेका थिए। 

पक्राउ परेसँगै सामाजिक सञ्जालमा विभिन्न किसिमका टिकाटिप्पणी भइरहेका छन्।  भिटेनलाई लिएर बनेका थुप्रै ट्रोलहरु पनि सामाजिक सञ्जालमा छाएका छन्। 

अहिलेसम्म कुनै एल्बम सार्वजनिक नगरेका र्‍यापर भिटेनका गीत युट्युबमा पाइन्छन्। लफङ्गा, मान्छे खत्तम, लाहुरेको फेसन, खलासी, चुरोट, तातो न छारो, बहिनी, सिमसिमे पानी, हालखबर, अन्तिम चाहना, हिम्मत, इन्ट्रो, हामी यस्तै त हो नि ब्रो उनका चर्चित गीत हुन्।

कार्यक्रमका सिलसिलामा विभिन्न देश पुगिसकेका उनी चर्को पारिश्रमिक लिने र्‍यापरका रुपमा चिनिन्छन्। रौतहटको चन्द्रनिगाहपुरमा जन्मिएका २२ वर्षे समीरका बुबा कपिल लामा र आमा हेमा लामा हुन्।

व्यवस्थापन संकायमा स्नातक तह अध्ययनरत उनी थान्का पेन्टिङ गर्ने र यसैको व्यवसायसमेत गर्छन्।

उनी रिहा भए लगत्तै राजीव काफ्ले ह्यान्डलबाट उनी रिहा भएको जानकारी भिडियो सार्वजनिक भएको छ। उनले लेखेका छन् 'भिटेन छुटेका छन्। सबैलाई धन्यवाद।' 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell