PahiloPost

May 16, 2025 | ३ जेठ २०८२

अन्सारीको हत्या भएको २० दिन बित्यो, पत्ता लागेन हत्यारा



राधेश्याम पटेल

अन्सारीको हत्या भएको २० दिन बित्यो, पत्ता लागेन हत्यारा

वीरगन्ज : १५ वर्षीय बालकको हत्या भएको २० दिन बितिसक्दा पनि हत्यामा संलग्नहरु पत्ता नलागेको भन्दै स्थानीय जनप्रतिनिधिहरुले हत्यारा पत्ता लगाउन माग गरेका छन्।

पोखरिया नगरपालिकामा २० दिनअघि १५ वर्षीय बालक अब्दुलाह अन्सारीको हत्या भएको थियो। तर हालसम्म पनि हत्यामा संलग्नहरु पत्ता लाग्न सकेका छैनन्।

पोखरीयाका मेयर दीपनारायण रौनियारको अगुवाईमा जनप्रतिनिधिहरुको टोलीले आज पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउदै हत्यारा पत्ता लगाउन माग गरेको हो।

जनप्रतिनिधिहरुले स्थानीय प्रहरी प्रशासनले नेपाल राष्ट्रिय अधारभूत विद्यालयमा कक्षा ९ मा अध्ययनरत बालक अन्सारीको शव फेला परेको २० दिन बिते पनि सुक्ष्म अनुसन्धान नगरेको र आवश्यक कारबाहीमा गम्भीर नदेखिएकोले प्रजिअलाई दबाब दिन ज्ञापन पत्र बुझाएको बताएका छन्।

असोज २० गते अंसारीको गाउँ सतवरिया नजिकैको पोखरीमा उनको शव भेटिएको थियो। घटना सम्बन्धमा छानबिनका लागि मुख्यमन्त्री लालबाबू राउतले यसअघि स्थानीय प्रशासनलाई निर्देशन दिएका थिए। अंसारीको हत्या भएको भनेर उनका परिवारजनले आरोप लगाई रहँदा प्रहरीले भने हत्या हो/होइन भन्ने बारे यकिन जानकारी दिएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell