PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

बाराको नाकाबाट तस्करी बढयो, ४० लाख बराबरको अबैध समान बरामद



राधेश्याम पटेल

बाराको नाकाबाट तस्करी बढयो, ४० लाख बराबरको अबैध समान बरामद

वीरगन्ज : चाडपर्वको बेला बाराको नाका भएर भारतबाट विभिन्न समानको तस्करी हुने क्रम बढेको छ। विशेष गरी लत्ताकपडाको तस्करी ब्यापक भइरहेको देखिएको छ।

बारा प्रहरीले बाराको पुर्वी दक्षिणी क्षेत्र सिम्रौनगढ नगरपालिका वडा नम्बर ११ भगवान टोलबाट करिब ४० लाखको भन्सार छलीको समान स्थानीय संजय जयसवालको घरबाट बरामद गरेको छ। बाराका प्रहरी प्रवक्ता रञ्जीतसिंह राठौरका अनुसार पूर्व सूचनाको अधारमा उनको घरमा छापा मार्दा ती समान बरामद गरेको हो।

सीमा नाकाका कारोबारीहरु खुल्ला सिमानाको फाइदा उठाउँदै रातका समयमा भारतबाट भन्सार छलेको समान भित्र्याई घरमै गोदाम बनाई थन्काउने गरेको पाइएको प्रहरीले बताएको छ। यस्ता सामानहरु मोटरसाइकल र अन्य सवारी साधनबाट वीरगन्ज, हेटौँडा, भरतपुर, काठमाडौं सम्मका व्यापारीसँग बेच्ने गरेको बताइएको छ।

बरामद गरिएको कपडा भन्सार ऐनअन्तर्गत कारवाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा पठाएको छ।

त्यस्तै, बिलमा उल्लेख गरिएभन्दा बढी सामान ढुवानी गरिरहेको अवस्थामा प्रहरीले बाराको जीतपुरबाट एउटा ट्रक नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय जीतपुरको प्रहरी टोलीले राजमार्गमा सवारी चेकजाँचका क्रममा बिल भन्दा बढी सामान ढुवानी गरेको पाएपछि सामानसहित ट्रक नियन्त्रणमा लिएको हो। ट्रकमा कपडा, किराना सामान रहेको र सामानसहित ट्रकलाई अनुसन्धानका लागि पथलैयास्थित राजश्व अनुसन्धान कार्यालय पठाएको प्रहरी प्रवक्ता राठौरले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell