PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

रिल होइन रियल : हेर्नुस् फुट्सलमा दयाहाङ राईको एक्सन

रिल होइन रियल : हेर्नुस् फुट्सलमा दयाहाङ राईको एक्सन

नेत्र तामाङ/पहिलोपोस्ट


काठमाडौं : तिहारको छेकोमा अभिनेता दयाहाङ राई धुम्बाराहीको धन्यन्तरी फुट्सलमा भेटिए। फिल्मका पर्दामा देखिरहने उनी फुट्सलमा भने गोलपोस्टमा विपक्षीको प्रहार छेकिरहेका थिए। पछिल्लोपटक शहरबासीमाझ लोकप्रिय बन्दै गएको फुट्सलमा उनको उपस्थिति रोचक देखियो।

'कहिले कहिले आउनुहुन्छ?' बल विपक्षीको गोलपोस्टतिर पुगेको छेकोमा हामीले दयाहाङ्लाई सोधिहाल्यौं।

'फुटसल हुँदा प्राय आउँछु,' बलतिर नजर लाइरहेका उनले हतारिँदै जवाफ फर्काइहाले।

बिहान ८ बजेबाट फुट्सल मैदान छिरेका उनी सुटिङबाट फुर्सद् मिल्नसाथ खेल्न आउने रहेछन्।

'किन त फुट्सल नै?' हाम्रो प्रश्नमा दयाहाङको जवाफ यस्तो थियो- 'पसिना निकाल्न एकदमै उपयोगी छ। इन्डोर एक्सरसाइज गर्न अल्छी लाग्नेलाई यो काइदाको गेम रहेछ।'

फुटसल खेल्न थालेको धेरै भएको उल्लेख गर्दै उनले सात महिना यता धन्यन्तरी धाउन थालेको बताए।

उनीसँगै फुट्सल खेल्न कलाकारदेखि डाक्टरसम्म उत्रिएका थिए।

दयाहाङकै पक्षमा खेलिरहेका थिए मणिपाल अस्पतालका डा विमश लिम्बु। उनले दयाहाङको गोलकिपिङ राम्रो भएको बताए। डा लिम्बुले भने, 'अगाडि पनि राम्रो खेल्नुहुन्छ। तर, किपिङ चै अलि राम्रै छ।'



ट्रेन्डिङ पोस्ट

Ncell