विश्वकै धनीको सूचीमा पहिलो स्थानमा रहेका एमेजनका प्रमुख कार्यकारी जेफ बेजोसले एकै दिनमा आफ्नो शीर्ष पोजिसन गुमाउँदा धेरै आश्चर्यमा परेका थिए।
विश्वका धनीहरुको सूची तयार गर्ने पत्रिका फोर्ब्सका अनुसार अक्टोबर २५ मा अमेजनको सेयर ७ प्रतिशतले गिरावट आउँदा उनको सम्पत्तिको मूल्याङ्कन ह्वात्तै घट्यो। सम्पत्ति घट्दा उनीसँग १ सय ४ अर्ब डलरमात्र रह्यो। यति सम्पत्ति हुँदा उनी माइक्रोसफ्टका को-फाउन्डर बिल गेट्सभन्दा पछि हुन पुगे। ठीक त्यतिखेर बिल गेट्सको सम्पत्ति १०५.७ अर्ब थियो।
रोचक के भने सेयर बजारको उतार चढावले फेरि अवस्था परिवर्तन गरिहाल्यो। एकै दिनको अन्तरालमा नै फेरि बजारले गति लियो र बिल गेट्स र जेफ बेजोस दुवैको सम्पत्ति मूल्याङ्कन माथितिर लाग्यो। गेट्सको सम्पत्ति १ सय ७ अर्ब डलर पुग्दा बेजोसको पुग्यो १ सय ११ अर्ब।
सीएनबीसीका अनुसार बेजोसले अमेजनको ५ करोड ७६ लाख १० हजार ३ सय ५९ कित्ता सेयर होल्ड गरेका छन्। जतिखेर अमेजनको सेयर घाटामा यो त्यतिखेर ६ अर्ब ९० करोड डलर गुमेको थियो उनको।
जेफ बेजोस सन् २०१८ मा विश्वकै धनीको सूचीमा पहिलो स्थानमा उक्लिएका हुन्। तर, उनले एक वर्षमा १४ अर्ब डलर गुमाएका छन्। यति गुमाउँदा पनि उनी पहिलोको सूचीमै थिए।