PahiloPost

Jul 19, 2025 | ४ साउन २०८२

राष्ट्रपतिको राजीनामा माग्दै चिलीमा प्रदर्शन



पहिलोपोस्ट

राष्ट्रपतिको राजीनामा माग्दै चिलीमा प्रदर्शन
फोटो : ALJAZEERA/AP ।

सान्टीयागो : चिलीमा राष्ट्रपतिको राजीनामा माग गर्दै शुक्रवार दशौँ लाख व्यक्तिले सडकका प्रदर्शन गरेका छन्।

राष्ट्रपति सेबास्टेन पिनेराले राजीनामा दिनु पर्ने, आर्थिक पुनसंरचना हुनुपर्ने, भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने लगायतका माग राख्दै प्रदर्शनकारीहरुले प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीहरुका नेताले परिवर्तनका लागि प्रदर्शन गर्दै आएकाले यसलाई सकारात्मक रुपमा लिन आग्रह गरेका छन्।

प्रदर्शनमा सहभागीहरुले जातीय र राष्ट्रिय झण्डाका साथै लोकप्रिय र स्वदेश गानहरु समेत गाएका थिए।

ल्याटीन अमेरिकी यस मुलुकमा केही समयदेखि हिंसात्मक आन्दोलन भइरहेको छ। सान्टीयागोका गभर्नर कार्ल रविलारले ट्वीट गर्दै लेखेका छन्, 'यो ऐतिहासिक दिन हो, शान्तिपूर्ण प्रदर्शन भएको छ भने नयाँ चिलीको सपना पुरा गर्ने आधार तयार हुदैछ।'

उनले देशभरीमा दश लाखभन्दा बढी प्रदर्शनकारी आन्दोलनमा सहभागी भएको बताएका छन्। प्रदर्शन चर्किदै गएपछि सान्टियागो राज्यमा अघिल्लो शुक्रवार संकटकालको घोषणा गरिएको छ।

मेट्रो टिकटको मूल्यबृद्धि भएको विरोधमा हिंसात्मक आन्दोलन भएको भोलिपल्ट चिलीका राष्ट्रपतिले अहिलेलाई १५ दिनका लागि संकटकालको घोषणा गरेका हुन्। संकटकाल घोषणासँगै सुरक्षाको जिम्मेबारी सेनालाई दिइएको अधिकारीले बताएका छन्।

अघिल्लो शुक्रवार भएको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीकाबीचमा धेरै ठाउँमा झडप भएको थियो। प्रदर्शनकारीले स्टेशन र सवारी साधनमा आक्रमण गरेर क्षति पुर्‍याएका थिए। रासस/एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell