
काठमाडौं : दक्षिण एसियाली खेलकुदको तयारीस्वरुप म्यानमारसँग मैत्रीपूर्ण खेल खेलेर नेपाली टोली आज स्वदेश फर्किएको छ।
कतारको दोहामा भएको मैत्रीपूर्ण खेलमा फिफा वरीयतामा आफू भन्दा अगाडि रहेको म्यानमारसँग नेपालले २–२ को बराबरी खेलेको थियो। शुक्रबार राति भएको खेलमा नेपालले २ पटक अग्रता बनाए पनि म्यानमारले गोल गर्दै नेपाललाई बराबरीमा रोकेको थियो।
नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले नेपाली टोलीको प्रदर्शन सकारात्मक भएको बताएका थिए।
नेपाल र म्यान्मारबीचको खेललाई एन्फाले नजिकिँदै गरेको साफको तयारीका रुपमा हेरेको थियो भने म्यान्मारले साउथ इस्ट एसियन गेम (एसइए) को तयारीका रुपमा लिएको थियो।