PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

महाराजगञ्जमा कुकुर रनिङदेखि रेस्क्यूसम्म

महाराजगञ्जमा कुकुर रनिङदेखि रेस्क्यूसम्म

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं:  तिहारको दोस्रो दिन आज कुकुरको पूजा गरी कुकुर तिहार पर्व मनाइँदैछ। घरको सुरक्षा गर्ने कुकुरको पूजा गरी मीठामीठा खानेकुरा खान दिइन्छ।

यसै अवसरमा केन्द्रीय कुकुर तालिम केन्द्र महाजगञ्जमा  कुकुर तिहार मनाइयो।

केन्द्रमा रहेको कुकुरहरुलाई पुजा गर्नुका साथै विभिन्न प्रदर्शनी प्रस्तुत गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथिलाई कुकुरहरुको पुष्पगुच्छा दिएर स्वागत गरेका थिए। कुकुरहरुले केनाइन आकृति बनाउनुका साथै गोलाकार ओबिडियन्स,ट्रयाक डग, बाधापार,रेस्क्यू, रनिङ लगायतका प्रतिस्पर्धा भएका थिए।

प्रतिस्पर्धामा सफलहुनेहरुलाई पुरस्कार प्रदान गरिएको थियो। 



ट्रेन्डिङ पोस्ट

Ncell