PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

'द्रौपदी' बन्ने सुरमा छिन् अब दीपिका पादुकोण



पहिलोपोस्ट

'द्रौपदी' बन्ने सुरमा छिन् अब दीपिका पादुकोण

केहि समयअघि बलिउडका तीन सुपरस्टार खानहरुमध्येका आमिर खानले विश्वकै सबैभन्दा ठूलो महाकाव्य मानिएको महाभारतको कथामा फिल्म 'महाभारत' बनाउने चर्चा थियो। तर, पछि यो प्रोजेक्टबाट आमिरले हात झिकेका थिए। उनले नबनाउने भए पनि यो महाकाव्यमा फिल्म बनाउने प्रयास भने अझै जारी छ।

अब, मधु मन्टेनाले 'महाभारत' बनाउने भएकी छिन्। अभिनेत्री दीपिका पादुकोण फिल् महाभारतमा द्रौपदीको चरित्र निर्वाह गर्ने भएकी छिन्। उक्त फिल्ममा दीपिका द्रौपदीको चरित्रमा मात्र सीमित नभएर मधुसँग मिलेर फिल्म को–प्रोडयुससमेत गर्दै छिन्।

उनले फिल्मको बारेमा बोल्दै भनिन्, ‘म द्रौपदीको भूमिकालाई लिएर रोमान्चित र सम्मानित महसुस गरिरहेकी छु। यो लाइफटाइम वाला भूमिका हो। महाभारत एक पौराणिक कथा हो। यसको सांस्कृतिक प्रभाव र महत्व छ। यसले जीवनको ज्ञान दिन्छ। मैले सधैं महाकाव्यको भूमिकामा फोकस गरेको छु। यो फिल्ममा काम गर्न पाउनु मेरो लागि चुनौती र फाइदा दुवै हो।’

दीपिका अभिनित फिल्म ‘८३’ र 'छपाक' को छायांकन सकिइसकेको छ भने महाभारत २०२१ मा रिलिज हुने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell