
ब्रसेल्स : बेल्जियमकी अर्थ तथा बजेट मन्त्री सोफी विल्मस् त्यहाँको पहिलो महिला प्रधानमन्त्री बनेर इतिहास रच्न सफल भएकी छिन्।
नरम दक्षिणपन्थी धार बोकेको मुभ्मेन्ट रिफरम्याटर पार्टीकी नेत्री विल्मस देशको नयाँ कार्यवाहक प्रधानमन्त्रीको रूपमा चुनिएकी हुन्।
अक्टोबर २०१४ देखि सोफी विल्म्सको एमआर पार्टी मिशेल सरकारको हिस्साको रूपमा गठबन्धनमा थियो। उसले बेल्जियमका निवर्तमान प्रधानमन्त्री चार्ल्स मिशेललाई समर्थन गरेको थियो। अहिले पनि उनीहरुकै समर्थनमा सोफी प्रधानमन्त्री बनेको बताइन्छ।
उनलाई ४४ बर्षका राजा फिलिपद्वारा आइतबार बिहान औपचारिक राजकीय समारोहबीच शपथ गराइएको छ।
२०१८ को डिसेम्बरबाटै अघिल्लो सरकारले विश्वासको मत गुमाएपछि बेल्जियममा मिचेलको नेतृत्वको सरकार काम चलाउ भएको थियो। गत मेमा भएको संसदीय चुनावमा कसैको स्पष्ट बहुमत आउन नसकेपछि सरकार गठनमा जटिलता देखिएको थियो। रासस/एएफपी