PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

इपिएल : म्यानचेस्टर युनाइटेड र लिभरपुलको जित, आर्सनल बराबरीमा रोकियो



पहिलोपोस्ट

इपिएल : म्यानचेस्टर युनाइटेड र लिभरपुलको जित, आर्सनल बराबरीमा रोकियो
तस्बिर: crystal palac Fc/liverpool/manutd

इङ्ग्लिस प्रिमियर लिगको गएराति भएको खेलमा लिभरपुलले टोटेनहमलाई २–१ ले पराजित गर्‍यो। लिभरपुलको घरेलु मैदानमा टोटेनहमले खेलको पहिलो मिनेटमै अग्रता लिएको थियो। ह्यारी केनले खेलको पहिलो मिनेटमै टोटेनहमका लागि गोल गरेका थिए।

पहिलो हाफमा १–० ले अघि रहे पनि दोस्रो हाफमा टोटनहमले अग्रता जोगाइरहन सकेन। खेलको ५२ औं मिनेटमा हेन्डरसनले गोल गर्दै खेल बराबरीमा ल्याए। फेरि, ७५ औं मिनेटमा मोहम्मद सलाहले गोल थप्दा लिभरपुलले २–१ को जित सुनिश्चित गर्‍यो।

त्यस्तै गएराति नै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेडले नर्विच सिटीलाई ३–१ ले पराजित गर्‍यो। म्याकटोमिनेले खेलको २१ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए।

फेरि ३० औं मिनेटमा रासफोर्डले गोल गर्दा पहिलो हाफमा युनाइटेडले २–० को अग्रता बनाएको थियो। दोस्रो हाफमा मार्टियलले १ गोल थपे। उनले खेलको ७३ ‌औं मिनेटमा गोल गरेका हुन्। यता नर्विचका लागि हेर्नन्डेजले सान्त्वना गोल फर्काए।

हिजै भएको अर्को खेलमा आर्सनल र क्रिस्टल प्यालेसले २–२ को बराबरी खेलेका छन्। खेलको १० मिनेट भित्रै २ गोल गरेको आर्सनलले खेलमा अग्रता कायम राख्न नसक्दा घरेलु मैदानमै अंक बाँड्न पुग्यो। आर्सनलका लागि ७ मिनटमा सोक्रेटिस र ९ मिनेटमा डेभिट लुइजले गोल गरेका थिए। ३२ औं मिनेटमा मिभियोजिकले गोल गर्दै क्रिस्टलको गोलको खाता खोले। फेरि, ५३ औं मिनेटमा आएउले गोल गर्दा खेल बराबरीमा रोकियो।

अंक तालिकामा लिभरपुल २८ अंक सहित शीर्ष स्थानमा छ। त्यस्तै, २२ अंक सहित म्यानचेस्टर सिटी दोस्रो स्थानमा तथा २० अंक सहित लेस्टर सिटी तालिकाको तेस्रो स्थामा छ।

  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell