उज्यालो पर्व तिहार। फूल र बत्तीको झिलिमिली। यमपञ्चकको चौथो दिन जारी छ। शहर फूल र बत्तीको झिलिमिलीले मनमोहक छ। घर रंग्याउन र सिगार्न भ्याइनभ्याइ छ।
विद्युतीय बत्तीहरुको प्रकाशमा फूलको समीश्रणले शहरलाई मनमोहक बनाएको छ।
यसपत्री र मखमलीले सडक पनि सजिएका छन्। फूलको व्यवसाय पनि बढेको छ।