PahiloPost

May 25, 2025 | १२ जेठ २०८२

‘नेपाल अफ्रिका फिल्म फेस्टिभल’मा २३ फिल्म नि:शूल्क प्रदर्शन



पहिलोपोस्ट

‘नेपाल अफ्रिका फिल्म फेस्टिभल’मा २३ फिल्म नि:शूल्क प्रदर्शन

काठमाडौं : नेपालमा ‘नेपाल अफ्रिका फिल्म फेस्टिभल’ आयोजना हुने भएको छ। कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशनको आयोजनामा तीन दिन लामो महोत्सव आयोजना हुन लागेको हो। कात्तिक १३ गतेदेखि १८ दिनसम्म चल्ने फेस्टिभलको यो सातौं संस्करण हो।

फेस्टिभलका लागि सांस्कृतिक संस्थान जमलले सहकार्य गर्दैछ। जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना हुने महोत्सवका लागि नेपालबाट १३ वटा र अफ्रिकाका विभिन्न देशबाट प्रेसित १२ वटा लामा छोटा फिल्महरु प्रदर्शनका लागि चयन भएका छन्। स्वदेशी र अफ्रिकी फिल्म एकसाथ प्रदर्शन गरिने यो दक्षिण एशियाकै पहिलो फिल्म महोत्सव भएको आयोजक संस्थाकी प्रमुख मञ्जु मिश्रले बताइन्।

‘आफ्रिकाका कतिपय विपन्न मुलुक र नेपालको अवस्था उस्तै रहेको, जीवन शैली र फिल्म निर्माणको अवस्था पनि उस्तै रहेकाले ७ वर्ष अघिबाट नेपाल अफ्रिका फिल्म फेस्टिबल शुरु गरिएको हो, फिल्ममार्फत हाम्रो सामाजिक, आर्थिक अवस्थामाथि वहस सुरुवात गर्ने हेतुले’, अध्यक्ष मिश्रले बताइन्।

अफ्रिकालाई उनीहरुकै लेन्समार्फत हेर्ने नेपालीहरुका लागि यो एउटा अवसर भएको उनको दाबी छ।

यसपटक अफ्रिकाको नाइजेरिया, केन्या, घाना, साउथ अफ्रिका, जिम्बाबे, सेनेगल, मालवी, इजिप्टी साथै नर्वे, जर्मनी र बेलायतका सिनेमा पनि रहेका छन्।

महोत्सवका लागि प्रवेश नि: शूल्क रहेको निर्देशक डब्बु क्षेत्रीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell