नेपाल सम्वतको स्वागत गर्दै कीर्तिपुरमा 'फ्लाइङ ल्यान्ट्रन' उडाइयो

नेपाल सम्वतको स्वागत गर्दै कीर्तिपुरमा 'फ्लाइङ ल्यान्ट्रन' उडाइयो

समर्थ रञ्जित/पहिलोपोस्ट


नेपाल सम्वत ११४० को स्वागतमा आज कीर्तिपुरमा विशेष कार्यक्रम आयोजना गरियो। नेपाल भ्रमण वर्ष २०२० को प्रचारका उद्देश्यका साथ कीर्तिपुरको उमा महेश्वर मन्दिर परिसरमा दीप प्रजवलन गरिएको थियो।

मंगलवारबाट शुरु हुने नेपाल सम्वतको स्वागत गर्दै ११४० वटा दियो बालिएको थियो। यससँगै न्हूदँको स्वागतमा 'फ्लाइङ ल्यान्ट्रन' बालेर उडाइएको थियो।

यससँगै  विभिन्न सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो। नयाँ वर्षको दिन मंगलवार कीर्तिपुरमा नेवारी भोजका साथै सामुहिक म्ह: पूजा गर्ने कार्यक्रम रहेको छ।

 



ट्रेन्डिङ पोस्ट

Ncell