PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

न्हूदँया भिंतुना: नेपाल संवत् ११४० को स्वागत गर्दै वसन्तपुरमा सांस्कृतिक र्‍याली

न्हूदँया भिंतुना: नेपाल संवत् ११४० को स्वागत गर्दै वसन्तपुरमा सांस्कृतिक र्‍याली

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौँ : आजबाट नेपालको मौलिक संवत्‌ नेपाल संवत्‌ ११४० सुरु भएको छ। यसै अवसरमा नेपालभर विभिन्न कार्यक्रम गरि न्हूदँ (नयाँ वर्ष) को स्वागत गरिँदैछ।

नयाँ वर्षको उपलक्ष्यमा आज काठमाडौंको वसन्तपुरमा भिंतुना र्‍याली निकालियो। वसन्तपुरबाट निस्किएको सांस्कृतिक र्‍यालीले नगर परिक्रमा गरेको थियो।र्‍यालीमा परम्परागत भेषभुषा र बाजागाजासहित स्थानीय बासिन्दाको उपस्थिति थियो। र्‍यालीमा नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ, काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, नेपाल संवत न्हूदँ राष्ट्रिय समारोह समिति ११४०का संयोजक रमेश महर्जनका साथै संघिय र प्रदेश सांसदहरुको समेत उपस्थिति रहेको थियो।

आज दिनभरी नै उपत्यकामा नेपाल संवतको स्वागतमा विभिन्न कार्यक्रमहरु आयोजना गरिँदैछ। आज बेलुकी नेवार समुदायले म्ह: पूजा गर्दैछन्। उनीहरुले भोलीमात्रै भाइटीका लगाउनेछन्। 



ट्रेन्डिङ पोस्ट

Ncell