PahiloPost

Jul 17, 2025 | २ साउन २०८२

नेवार समुदायले आज किजा पूजा मनाउँदै



पहिलोपोस्ट

नेवार समुदायले आज किजा पूजा मनाउँदै

काठमाडौँः नेवार समुदालये बुधबार (आज) किजा पूजा (भाइटीका) लगाउँदै छन्। तिथि विवादका कारण भक्तपुर र ललितपुरका नेवार समुदायले मंगलबार नै भाइटीका लगाए पनि काठमाडौँमा भने बुधबार भाइटीका लगाउन लागिएको हो। नेवार समुदायको आग्रहमा सरकारले बुधबार पनि सार्वजनिक बिदा दिएको छ।

बुधबार किजा पूजा गर्ने समुदायले भने मंगलबार मात्र म्हःपूजा गरेका छन्। बिहान नेपाल संवत् ११४० को स्वागत गर्दै नेवारहरुले बेलुकी म्हःपूजा गरेका हुन्।

नेवार समुदायको स्वन्ति (तिहार) अन्तर्गतको म्हःपूजा गैरनेवार समुदायबीच पनि सुपरिचित हुँदै गएको छ। कीर्तिपुर, बनेपा, पाटन दरबार लगायतका स्थानमा सामूहिक म्हःजा आयोजना गर्ने गरिन्छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell