PahiloPost

Jul 17, 2025 | २ साउन २०८२

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु



पहिलोपोस्ट

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

मेलम्चीः सिन्धुपाल्चोकको आम्डाँडामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। मंगलबार बा ५ च ४९५४ नंको मोटरसाइकल दुर्घटना हुँदा पीपलडाँडा निवासी मोटरसाइकल चालक १९ वर्षीय अनिस कुँवरको ज्यान गएको हो।

दुर्घटनामा घाइते कुँवरलाई थप उपचारका लागि धुलिखेल पु¥याउँदा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell