काठमाडौं : चीनमा आयोजना हुने बी एन्ड आर कपका लागि डोली भट्टको कप्तानीमा १८ सदस्यीय यू १९ महिला क्रिकेट टोलीको घोषणा भएको छ।
राष्ट्रिय खेलकुद परिषदका मुख्य क्रिकेट प्रशिक्षक जगत टमाटा, छनोट समितिका सदस्य विनोद दास र यू १९ टिमका कोच कालम अलिले टोलीको छनोट गरेका हुन्।
प्रतियोगिताका लागि नेपाली टोली नोभेम्भर ७ मा चीन प्रस्थान गर्नेछ। प्रतियोगिता चीनको सांघाइमा नोभेम्बर ११ देखि १६ तारिख सम्म हुनेछ।
प्रतियोगितामा नेपालले पहिलो खेल थाइल्यान्डसँग खेल्नेछ। प्रतियोगितामा आयोजक चीन, नेपाल, थाइल्यान्ड, साउदी अरेबिया, मलेशिया र म्यानमारको सहभागिता रहनेछ।
नेपाली टोली
डोली भट्ट (कप्तान), कविता कुँवर, कृतिका मरासिनी, यसोदा बिष्ट, रुबी पोद्दार, राजमती ऐरी, ईश्वरी बिष्ट, लक्ष्मी साउद, खुशी डंगोल, हेलिसा लामा गुरुङ, ज्योति दनुवार, निगम तामाङ, शिला क्षेत्री, लक्षिता राजवंशी, गोमा आले, पेम लामु शेर्पा, मनिषा मगर, सृष्टि पौडेल