PahiloPost

Jul 17, 2025 | २ साउन २०८२

बंगलादेशका कप्तान हसनको प्रतिबन्ध पछिको प्रतिकृया, 'आफूमाथि लागेको प्रतिबन्ध स्वीकार गर्छु'



पहिलोपोस्ट

बंगलादेशका कप्तान हसनको प्रतिबन्ध पछिको प्रतिकृया, 'आफूमाथि लागेको प्रतिबन्ध स्वीकार गर्छु'
तस्बिर : आइसिसी

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले बंगलादेशका कप्तान तथा एकदिवसीय अलराउन्डर वरीयतामा शीर्ष स्थानमा रहेका शकिब अल हसनमाथि मंगलबार प्रतिबन्ध लगाएको छ। प्रतिवन्ध पछि हसनले आफूमाथि लागेको प्रतिबन्ध स्वीकार भएको प्रतिकृया दिएका छन्।

उनीमाथि लागेको प्रतिबन्ध सबै फर्म्याटमा लागु हुनेछ। आइसिसीले उनलाई एक वर्षको निलम्वनसहित २ वर्षे प्रतिबन्ध लगाएको हो। भ्रस्टाचार विधोधी नियमको ३ बुँदा उल्लङ्घन गरेको हसन आफैले स्वीकार गरेपछि प्रतिबन्ध लगाएको आइसिसीले जनाएको छ।

आइसिसीका अनुसार शकिबलाई म्याच फिक्सङका लागि म्याचफिक्सरहरुले सम्पर्क गरेका थिए तर उनले यसको जानकारी आइसिसीलाई दिएका थिएनन्।

'मलाई यो विषयमा धेरै दुख लागेको छ कि म जुन खेललाई माया गर्छु त्यही खेलबाट मलाई प्रतिबन्धित गरिएको छ। तर, मलाई आएका (फिक्सिङका) प्रस्तावहरुको जानकारी आइसिसीलाई नदिएको कारण म आफूमाथि लागेको प्रस्ताव स्वीकार गर्छु,' प्रतिबन्ध पछि हसनले भनेका छन्, ' भ्रस्टाचार विरोधी लडाँइमा आइसिसीको एसियू (भ्रष्टाचार विरोधी इकाइ)  को भूमिका खेलाडीको भूमिकामा पनि निर्भर रहन्छ। तर, यस विषयमा मैले आफ्नो भूमिका निभाउन सकिन।'

शकिवले आफू एसियूसँग काम गर्न इच्छुक रहेको समेत बताएका छन्। शकिव माथि आइसिसीले ३ वटा बुँदामा भ्रष्टाचारको आरोप लगाएको छ। उनमाथि आइसिसीको आर्टिकल २.४.४ अन्तर्गत रहेर प्रतिबन्ध लगाएको हो।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell