PahiloPost

Jul 17, 2025 | २ साउन २०८२

विशेषाधिकार खोसेपछि कश्मीरमा पहिलो पटक विदेशी अनुगमन, इयुका सांसदहरुको श्रीनगरमा अवतरण



पहिलोपोस्ट

विशेषाधिकार खोसेपछि कश्मीरमा पहिलो पटक विदेशी अनुगमन, इयुका सांसदहरुको श्रीनगरमा अवतरण
फोटो : हिन्दुस्तान टाइम्स

युरोपेली युनियनका सांसदहरुले भारतको जम्मु कश्मीर भ्रमण गर्दै भारतीय राजनीतिमा हस्तक्षेप गर्ने उद्देश्यले मिसन नआएको प्रष्टोक्ति दिएका छन्। कश्मीरको अवस्था मूल्याङ्कन गर्नमात्र आफूहरु आएको उनीहरुले जनाएका छन्। साथै उनीहरुले कश्मीरबाहिरका ६ जना श्रमिकको हत्याको कडा शब्दमा निन्दा गरेका छन्। २३ सदस्यीय सांसदहरुको टोली मंगलबार श्रीनगर अवतरण भएको थियो।

'हामीहरु तपाईँहरुको मित्र हौं, यहाँ सत्यतथ्य के छ भन्ने बुझ्न आएका मात्र हौं,' भ्रमण टोलीका एक सदस्यले मिडियासँगको अन्तर्क्रियामा भने। उनले नागरिक समाज तथा सरोकारवालाहरुसँग छलफल गरी स्कुल पुन: चलाउने विषयलाई अगाडि बढाउन चाहेको र भ्रष्टाचार नियन्त्रणका लागि सहकार्य गर्न खोजेको सुनाए।

अगस्ट ५ मा भारतले कश्मीरको विशेषाधिकार खारेज गरेपछि यहाँ भएको यो पहिलो विदेशी प्रतिनिधिहरुको अनुगमन हो। जम्मु काश्मीरको विशेषाधिकार खारेजसँगै त्यहाँ कर्फ्यु लगाइएको थियो भने संचार पूर्ण रुपमा निस्तेज पारिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell