
काठमाडौं : भारतको हैदराबादमा हुने यू-१९ च्यालेन्ज सिरिजका लागि २० सदस्यीय नेपाल यू-१९ 'ए' टोलीको घोषणा भएको छ।
राष्ट्रिय खेलकुद परिषदका क्रिकेट मुख्य प्रशिक्षक जगत टमाटा नेतृत्वमा यू-१९ टिमका प्रशिक्षक विनोद दास र सेलेक्सन कमिटीका सदस्य राजु खड्काले टोलीको घोषणा गरेका हुन्। नेपाली टोली कात्तिक २३ गते भारत प्रस्थान गर्नेछ।
प्रतियोगिता कात्तिक २५ गतेदेखि मंसिर १ गतेसम्म भारतको हैदराबादमा सम्पन्न हुनेछ। प्रतियोगितामा ४ टोलीको सहभागिता रहने छ। जसमा इन्डिया रेड, इन्डिया ब्लू, इन्डिया यल्लो र नेपाल 'ए' ले प्रतिस्पर्धा गर्नेछन्।
नेपाली यू-१९ टोलीका प्रशिक्षक विनोद दासले यो बिसिसिआईको आन्तरिक क्रिकेट भएको र यसमा नेपालले अघिल्लो वर्षवाट सहभागिता जनाउँदै आएको जानकारी दिए। यसमा यू-१९ का अधिकांश मुख्य खेलाडीहरुलाई रेस्ट दिइएको र नयाँ खेलाडीहरुलाई अवसर दिइएको प्रशिक्षक दासले जानकारी दिए।
प्रतियोगितामा नेपाल 'ए' ले इन्डिया यल्लोसँग कात्तिक २४ गते प्रतिस्पर्धा गर्नेछ।
नेपाली टिम
रित गौतम (कप्तान), लोकेशबहादुर बम, तृत राज दास, विशाल विक्रम केसी, खडक बहादुर बोहरा, अभिषेक बस्नेत, हरि बहादुर चौहान, अरुण ऐरी, कुशल मल्ल, विवेक कुमार यादब, सूर्य तामाङ, तिलक राज भण्डारी, शेर मल्ल, आकाश चन्द, प्रतिश जिसी र गौतम केसी
वैकल्पिक खेलाडी
दीपक बोहोरा, दुर्गेश गुप्ता, निखिल कुमार सिंह, सोनु देवकोटा