PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

निर्मल पुर्जाको कीर्तिमानी टोलीलाई काठमाडौंमा भव्य स्वागत

निर्मल पुर्जाको कीर्तिमानी टोलीलाई काठमाडौंमा भव्य स्वागत

प्रवीण रानाभाट/पहिलोपोस्ट


६ महिना ७ दिनमा आठ हजार मिटरभन्दा अग्ला संसारका १४ हिमाल चढेर विश्व कीर्तिमान कायम गरेका निर्मल पुर्जा आज नेपाल फर्किएका छन्। म्याग्दीका पुर्जाले दुई दिनअघि चीनको तिब्वतमा अवस्थित ८,०२७ मिटर अग्लो सिसापङ्मा हिमाल आरोहण गरेर नयाँ रेकर्ड बनाएका हुन्।

उनी सात महिनामा विश्वका सबै आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गर्ने पहिलो पर्वतारोही बनेका हुन्। यसरी उनको 'प्रोजेक्ट पोसिबल' सफल भयो।

आरोहणमा पुर्जासँगै रहेका मिङ्ग्मा डेभिड शेर्पा, लाक्पा शेर्पा, तेन्जिङ शेर्पा पनि आजै काठमाडौं फर्किए। उनीहरुले निर्मललाई आरोहणका लागि सघाएका हुन्।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा जन्मिएका पुर्जाले गत वैशाख १० गते अन्नपूर्ण गाउँपालिकाकै नारच्याङमा अवस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालबाट आरोहण शुरू गरेका थिए। त्यसलगत्तै म्याग्दीमै रहेको सातौँ अग्लो धवलागिरि हिमालको (८,१६७ मि) आरोहण गरे।

विश्वकै अग्लो सगरमाथा, केटु, कञ्चनजङ्गा, ल्होत्से, मकालु, च्होयो, मनास्लु, नाङ्गा पहाड, गशेरब्रुम, ब्रोड पिक, गशेरब्रुम दोस्रोको आरोहण गरेका छन्।

आरोहण गरेका १४ अग्ला हिमालमध्ये आठ भने नेपालमै पर्दछन्। त्यस्तै, अरू पाकिस्तान र चीनमा पर्दछन्।



ट्रेन्डिङ पोस्ट

Ncell