PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

कपडाको पोकोमा भेटियो शिशुको शव



राधेश्याम पटेल

कपडाको पोकोमा भेटियो शिशुको शव

वीरगन्ज : कपडामा पोको पारेर फालिएको अवस्थामा वीरगन्जमा बुधवार दिउँसो एक शिशुको शव फेला परेको छ। वीरगन्ज–१० रानीघाट क्षेत्रमा पर्ने वजरंग मन्दिर नजिक उक्त शव फेला परेको पर्सा प्रहरीले जनाएको छ।

रातो कपडामा बेरेर पिपलको रुख मुनी फालिएको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक चक्रबहादुर मल्लले ५/६ महिनाको देखिने बालिकाको शव फेला परेको बताए। उनले छोरी भएकै कारण मारेर वा मृत्यु भएपछि फालिएको प्रहरीको अशंका छ।

‘हत्या हो या होइन खुलेको छैन, तर शव हेर्दा हिजै राति फालिएको जस्तो देखिन्छ’ पर्साका डिएसपी वीरेन्द्र बहादुर शाहीले भने, ‘अनुसन्धान शुरु भइसकेको छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell